६ कार्तिक २०८३, शुक्रबार

तुलसीपुरका दुई सहकारी हाम्रो पहुँच र सप्तरंगीबीच एकीकरण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, ३ पुस । तुलसीपुरका दुई सहकारी हाम्रो पहुँच र सप्तरंगीबीच एकीकरण (मर्ज) भएको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको हो । तुलसीपुर–७ मा अवस्थित हाम्रो पहुँच र तुलसीपुर–१७ मा अवस्थित सप्तरंगी सहकारीबीच हिजो शुक्रबार औपचारिकरुपमा एकीकरण भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ६ को उपदफा १ बमोजिम दुई सहकारीबीच एकीकरण भएको प्रमाणपत्र नगरप्रमुख घनश्याम पाण्डेले हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीतिअनुरुप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एबीकरण भएको बताए ।

एकिकरणपछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए । दुई सहकारीबीचको मर्जलाई अन्तिम रुप दिन दुवै सहकारीको प्रक्रिया गत वर्षदेखि नै शुरु भए पनि तुलसीपुर उपमहानगरपालिकामा एकीकरणसम्बन्धी कानुन निर्माणमा ढिलाई भएका कारण एकीकरणमा ढिलाई भएको बताइएको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले दुवै सहकारीको एकीकरणपछि वासलात १५ करोड पुगेको बताए । दुई सहकारीको एकीकरणपछि करिब २ हजार ५०० शेयर सदस्य पुगेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए ।

तुलसीपुर–१८ दुधरासमा एकीकरणपछिको पहिलो सेवा केन्द्र छिट्टै सञ्चालन हुने उनको भनाइ छ ।