६ कार्तिक २०८३, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांश घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

२०७८ पुस २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरिएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने छ ।