
काठमाडौं, २ पुस । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन–पे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाइल एप्स्मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ ।
एफवानसफ्ट, फोन–पे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिने छ ।
यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्ने फोन–पेको सूचना तथा सञ्चार शाखाले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ । विज्ञप्ति अनुसार कुमारी बैंकको मोबाइल एप्स्मार्फत क्यूआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउने छ ।
उक्त अप्सनमार्फत ग्राहकले ईएमआईमार्फत समेत भुक्तानी गर्न सक्ने छन् । मर्चेन्टलाई भने कुमारी बैंकले तत्कालै रकम भुक्तानी दिने छ भने ग्राहकले किस्ताबन्दीमा तिर्न सक्ने छन् ।
एफवानसफ्ट इन्टरनेशनलसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोनलोन सेवा समेत शुरू गरेको थियो । अहिले फोनपेको क्यूआरमार्फत उक्त सेवाको लोकप्रियतालाई ध्यानमा राखेर ईएमआईसहितको भुक्तानी सेवा शुरू गरिएको जनाइएको छ ।















प्रतिक्रिया