
काठमाडौं, २ पुस । एनएमबि लघुवित्त वित्तीय संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ ।
आफ्नो ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।
सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
केवाइसी म्यानेजमेन्ट सिस्टम लागु भए पश्चात् वित्तीय संस्थामा आवद्ध ग्राहकको व्यक्तिगत विवरण अभिलेख व्यवस्थित र विश्वसनीय हुनुका साथै ग्राहकहरुले अनलाइनबाट खाता खोल्न सक्ने सुविधा समेत रहेको बताइएको छ ।
एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
एनएमबि बैंकको सहायक कम्पनीको रूपमा रहेको यस लघुवित्त वित्तीय संस्थाले ६८ जिल्लाका १४८ शाखा तथा उपशाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।















प्रतिक्रिया