६ कार्तिक २०८३, शुक्रबार

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्लामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, १ पुस । जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरता सम्बन्धि ६ दिने तालिम कार्यक्रम समापन भएको छ ।

यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

तिला गाउँपालिकाका अध्यक्ष र तननाथ योगीको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वराज्यमन्त्री बल बहादुर महत, विशेष अतिथिको रुपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अन्य विशिष्ट व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए ।

उक्त कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैँ तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले उपस्थित युवा र महिलाहरुलाई आङ्खनोे क्षमतालाई कम आंकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए । नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौँको कारोबार गरिरहेको उदाहरण दिँदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न आग्रह गर्दै उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैँ साथ रहने बताए ।

जुम्लाबासीको उत्साहपूर्ण सहभागिताको सम्बन्धमा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले उनीहरु सक्रिय रुपमा सहभागी मात्र नभई आफ्ना वित्तीय आवश्यकताका बारेमा पनि खुलेर चर्चा गरेका बताए । उनले कार्यक्रममा सहभागी हुन टाढाटाढाबाट कोही लौरो टेकेर त कोही बच्चा च्यापेर समेत आएको देख्दा उत्साहित भएको बताए ।

उनका अनुसार, त्यहाँ स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको समेत भेडा बाख्रा पालन त्यहाका वासिन्दाको मूख्य व्यवसाय हुन सक्ने उनले बताए । दिगो बैंकिङ प्रवर्द्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनले जानकारी गराए ।

तिला गाउँपालिकाले युवा उद्यमका लागि आह्वान गरेको सुचना बमोजिम दरखास्त दिई छनौट भएका युवाहरुलाई २०७८/०८/२० देखि २०७८/०८/२७ सम्म संचालित ७ दिने तालिम प्रदान गरिएको थियो ।

तालिममा ६३२ जनाले आवेदन दिएका थिए । १९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिम/कार्यक्रममा महिलाको संख्या आधा भन्दा बढि रहेको थियो ।