६ कार्तिक २०८३, शुक्रबार

क्लासिक टेकको ग्राहकहरूलाई ६५० प्रतिशतसम्म निशुल्क ब्यान्डविथ अपग्रेड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १ पुस । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाइ ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेकाे छ ।

क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निशुल्क १५० देखि ३०० एमबीपीएस सम्म अपग्रेड गरिएको जानकारी गराएकाे छ । प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिनुहुनेछ।

हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आम ग्रहकबर्गहरूलाइ ५ जीगाहर्ज ड्युअल ब्याण्ड राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सक्नुहुने कम्पनीले जनाएकाे छ ।

नविनतम प्रविधका साथ ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको छ। क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ ६ र ट्र्याइब्याण्ड राउटरको साथमा टाकियन १ जीबीपीएस इन्टरनेट सेवा भित्र्याउने घोषणा समेत गरिसकेकाे छ । वाइफाइ ६ का साथमा टाकियन १ जीबीपीएस इन्टरनेट प्रविधी भित्र्याउन अन्तिम परीक्षण भइरहेको कम्पनीले जनाएकाे छ ।

वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बीमफर्मिंग, एमयु-एमआइएमओ लगायतका सुविधाहरू रहने जनाइ सकेको छ । कम्पनीले दुर्गम देखि सुगम सम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको छ ।