शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चमा आज पनि विरोध प्रदर्शन

दैनिक नेपाल २०७८ मंसिर २२ गते १५:४५

काठमाडौँ, २२ मंसिर । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले वुधबार पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ ।

कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए ।

उनले प्रधानन्यायाधीशको बहिर्गमनले नै न्यायालय शुद्ध हुने दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित