शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कौडा खेलिरहेको अवस्थामा १७ लाखसहित १६ जना पक्राउ

दैनिक नेपाल २०७८ मंसिर २२ गते १४:५५

फाइल फोटो ।

काठमाडौँ, २२ मंसिर । काठमाडौँ महानगरपालिका–१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया बिनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित