
काठमाडौँ, २० मंसिर । नेपाल काँग्रेसका नेता प्रकाश मान सिंहले पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापना गर्ने भएका छन् ।
नेता सिंहले मंगलबारबाट यलम्बर पाटि प्यालेस सिंहदरवारको मुल गेट अगाडि ट्राफिक कार्यलयसँगै सम्पर्क कार्यलय स्थापना गर्ने भएका हुन् ।
नेता सिहले सबैसँग भेटघाट सहज होस् भनेर सम्पर्क कार्यालय स्थापना गरेको बताएका छन् ।
साथै उनले भोलि बिहान ८ बजेबाट सम्पर्क कार्यलयबाटै भेटघाट गर्ने पनि जनाएका छन् ।
भेटघाटमा आउन चाहने सबैलाई सम्पर्क अफिसमा उपस्थितिको लागि सिंहले अनुरोध पनि गरेका छन् ।












प्रतिक्रिया