१९ कार्तिक २०८३, बिहिबार

३३ किलो सुन प्रकरणका काले पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका काले उर्फ कृष्ण गोपाल अग्रवाल पक्राउ परेका छन् ।

उनी त्यस प्रकरणका लगानीकर्तामध्ये एक हुन् । नाइके चुडामणि उप्रेती ‘गोरे’ को व्यवस्थापनमा हुने सुन तस्करीमा कालेको संलग्नता रहेकोले प्रहरीले पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

कालेलाई यूएईबाट नेपाल डिपोर्ट भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो ।

पक्राउ परेका अन्य प्रतिवादीहरुले चाहिँ सुन तस्करीको अभियोगमा जिल्ला अदालत, मोरङबाट सफाइ पाइसकेका छन् ।