१९ कार्तिक २०८३, बिहिबार

एमाले एक वर्ष भित्रै सरकारमा आउँछ: अध्यक्ष ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक वर्ष भित्रै सरकारमा आउने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने बताएका हुन् ।

उनले एमालेको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।

उनले भने, ‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्ला जस्तो लाग्दैन–अब कसैको सरकार बन्छ ? देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो । त्यसपछि हामी पुनर्निर्माण र नव निर्माणको कामहरु अगाडि बढाउँछौँ । र देशलाई समृद्धिको बाटोमा लान्छौं ।’

उनले थपे, ‘अब बन्ने सरकार हिजोजस्तो यसलाई तानेर, उसलाई तानेर, जोडेर, योसँग सहकार्य गरेर, यसको बैसाखी टेकेर, यसलाई मिलाएर, उसलाई मिलाएर गर्याे भने तिनीहरुले आफ्नो खुट्टा त खुस्किदैन नि । नटबोल्ट लगाएको खुट्टा त नटबोल्ट खुस्काई दिन्छ । खुस्की हाल्छ । मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिए । कसले कसले खुस्काई दियो । खुस्केका खुट्टा गए । मेहनत गरेर जोडियो । धराहरा बनेपछि तिनको छाति पोल्यो । छातीमा आगो बल्यो । तिनको दिमाग भत्भती पोल्यो । उनीहरु रानीपोखरी बनेको देखेपछि, ऐतिहासिक सम्पदाहरु फेरि उठेको देखेपछि आत्तिए । एमालेले समृद्धिको अभियान अघि बढाउँछ । एमालेमा आउनुहोस् । देश निर्माण गरौं ।’