
काठमाडौँ, १७ मंसिर । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध ठगी आरोपमा ५ अर्ब ६७ करोड बढीको मुद्दा दायर भएको छ ।
ठगी आरोपमा पक्राउ परेको तामाङविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित मुद्दा दायर गरेको हो ।
सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको अध्यक्ष रहेका तामाङबाट निक्षेपकर्ताहरुलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैयाँ ८२ पैसा मागदावी गरिएको छ ।
उनलाई असोज १९ गते सीआइबीले पक्राउ गरेको थियो ।












प्रतिक्रिया