
चितवन, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
मंसिर १० देखि भएको महाधिवेशन मंगलबार समापन भएको छ ।
ओली १८३७ मत प्राप्त गर्दै दोस्रो पटक अध्यक्ष बनेका हुन् भने अध्यक्षका प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरे ।
अधिकांश पदमा निर्विरोध निर्वाचित बने पनि महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, खुला सदस्य सहित केही प्रदेशका भूगोलसहितका अन्य पदहरुमा निर्वाचन भएको थियो ।
जसमध्ये खुला सदस्यमा सर्वाधिक मत प्राप्त गर्नेमा चितवनका देवी ज्ञवाली छन् । ८४ सिटमा भएको मतदानमा उनले १,८७७ मत प्राप्त गर्दै पहिलो सर्वाधिक मत पाएका छन् ।
दोस्रो सर्वाधिक मत पाउनेमा पाल्पाका ठाकुरप्रसाद गैरे छन् । उनले १,८३२ मत प्राप्त गरे ।
त्यस्तै, तेस्रो लोकप्रिय मत हाँसिल गर्नेमा तनहुँबाट प्रतिनिधित्व गर्ने निर्वतमान स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजक, पूर्व अर्थमन्त्री किरण गुरुङ छन् । उनले १,८११ मत प्राप्त गर्दै तेस्रो स्थान बनाएका हुन् ।












प्रतिक्रिया