
काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
चितवनमा मंसिर १४ गतेदेखि भएको महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले महाधिवेशनबाट निर्वाचित कमिटीबारे जानकारी दिएका हुन् ।
ओलीले १८३७ म ल्याएर विजय हासिल गर्दा नेता भीम रावलले २२३ मत हासिल गरेका छन् ।
त्यस्तै, महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, ६ उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्यले १९७६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८, विष्णु पौडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत हासिल गरेका छन् ।
महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, तीन उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
७ सचिवमा गोकर्ण विष्टले १९७४, छविलाल विश्वकर्माले १८०३, टोपबहादुर रायमाझीले १८०४, पदमा कुमारी अर्यालले १७९९, योगेश भट्टराईले १९६०, रघुवीर महासेठले १५०० र लेखराज भट्टले १७०४ मत हासिल गरेको जनाइएको छ ।












प्रतिक्रिया