शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मतदान सक्किएको तीन घण्टामा एमालेको नतिजा आउने, १३ सयले गरे मतदान

दैनिक नेपाल २०७८ मंसिर १४ गते ८:४३

सौराह, १४ मंसिर । चितवनमा जारी एमालेको १०औं महाधिवेशनमा हालसम्म एक हजार ३०० मतदाताले मतदान गरिसकेका छन् ।

दुई हजार १७५ मतदातामध्ये सवा ८ बजेसम्म १३०० ले मतदान गरिसकेका हुन् ।

मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लाग्ने गरेको छ । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।

एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

मतदान बिहान ४ बजेबाट सुरु भएको थियो । १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ । यद्यपि मतदान नसकिए केही समय थप गरिने संयोजक डा.सुब्बाले जानकारी दिए ।

मंगलबार साँझसम्म अन्तिम मत परिणाम आइसक्नेछ । मतगणना सुरु गरेको करीब तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित