शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बाग्लुङ कांग्रेसको सभापतिमा सिटौला समूहका शेरचन निर्वाचित

दैनिक नेपाल २०७८ मंसिर १४ गते ८:१३

बाग्लुङ, १४ मंसिर । नेपाली कांग्रेस बाग्लुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार शेरचनले ८७३ मतसहित सभापतिमा विजयी भएका हुन् । सभापतिमा निर्वाचित भएका शेरचन नेता कृष्णप्रसाद सिटौला निकटका हुन् । उनलाई सभापति शेरबहादुर देउवा समूहले पनि समर्थन गरेको थियो ।

रामचन्द्र पौडेल समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका जगदीशचन्द्र उपाध्या पराजित भएका छन् । उपाध्यायले ७६८ मत पाएर पराजित भएको प्रमुख निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए ।

शनिबार भएको मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।

तीन सभापतिका उम्मेदवारमध्ये द्रोर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । त्यपछि शेरचन र उपाध्याबीच सभापतिमा पुनः निर्वाचन भएको थियो ।

उप–सभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी भएका छन् । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका छन् ।

सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् । शर्माले ९०८ र अधिकारीले ७०७ मत प्राप्त गरेका छन् ।

सह–सचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीस विजयी भएका छन् । खत्रीले ८५५ र ८८० मत प्राप्त गरेर विजयी भएका छन् ।

बाग्लुङ जिल्लामा सभापतिमा शेरचन विजयी भएसँगै सिटौला समूहका दुई जिल्ला सभापति भएका छन् । यसअघि सिटौला समूहको तर्फबाट झापामा जिल्ला सभापति निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित