बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभ थापा निर्वाचित

दैनिक नेपाल २०७८ मंसिर १४ गते ७:४१

भक्तपुर, १४ मंसिर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा शानदार मतका साथ निर्वाचित भएका छन् ।

मंगलबार बिहान प्राप्त मतगणनाको अन्तिम नतिजा सभापतिमा निर्वाचित थापाले ५५५ मत पाएका छन् । सभापतिमा निर्वाचित थापा सभापति शेरबहादुर देउवा निकटका हुन् । थापा यसअघि पनि भक्तपुर कांग्रेसको सभापति थिए ।

सभापतिका अर्का उम्मेदवार अष्टकुमार कबे पराजित भएका छन् । कबेले ४४२ मत पाएका थिए । सभापतिमा पराजित भएका कबे नेता रामचन्द्र पौडेल समूहका हुन् ।

सभापतिमा थापालाई पराजित गर्न भक्तपुरका कम्युनिस्टहरूले पनि चलखेल गरेका थिए । तर, सफल हुन सकेनन् । कम्युनिस्टसँग भक्तपुरमा भिडेर बसेका थापाले आउने निर्वाचनहरूमा कांग्रेसलाई जिताउने प्रतिवद्धता जनाएका छन् । उनले आफूलाई मतदान गर्ने र सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

पदाधिकारीमा उप–सभापतिमा विजेश अवाल र उर्मिला बन निर्वाचित भएका छन् ।

सचिवमा राजेश खड्का र सुशील बस्नेत निर्वाचित भएका छन् । सह–सचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने निर्वाचित भएको तरुण दलका भक्तपुर सदस्य राजु पुरीले जानकारी दिएका छन् । पदाधिकारीमा निर्वाचित सबै सभापति थापाको प्यानलका हुन् ।

प्रतिक्रिया
सम्बन्धित