सौराह, १३ मंसिर । एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेको जारी १० औं महाधिवेशनअन्तरगत पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता हुन् । एमालेको नयाँ नेतृत्वका लागि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।











प्रतिक्रिया