४ मंसिर २०८३, शुक्रबार

एमालेको अध्यक्ष पदमा भीम रावलद्वारा उम्मेदवारी दर्ता

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराह, १३ मंसिर । एमालेका नेता भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सौराहतमा सोमबार बिहान उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । रावलले अध्यक्ष पदमा जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने बताएका छन् ।

उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।

‘पार्टीमा अहिले कुनै समूह छैन’, उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले पनि आफ्नो अधिकार प्रयोग गरें ।’