शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

२४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

दैनिक नेपाल २०७८ मंसिर १२ गते १५:४७

काठमाडौं, १२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ६ हजार ६०४ जनाको आरटी–पीसीआर गर्दा १५४ जना र २ हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी आज १५८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५२३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ७ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४६ लाख ११ हजार जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ६ हजार ९६६ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित