शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कडा सुरक्षाकाबीच बन्दसत्र हलभित्र प्रतिनिधिहरूको प्रवेश शुरू

दैनिक नेपाल २०७८ मंसिर १२ गते ११:५३

सौराहा, १२ मंसिर । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनस्थलको बन्दसत्र हलमा अहिले प्रतिनिधिहरु प्रवेश गर्ने क्रम शुरू भएको छ ।

कडा सुरक्षाकाबीच उनीहरू हलभित्र प्रवेश गर्न शुरू गरेका हुन् । प्रतिनिधिहरू हलभित्र प्रवेश गरिरहँदा अर्कोतर्फ अध्यक्ष ओलीले भने सर्वसम्मत नेतृत्व चयनका विषयमा नेताहरूसँग छलफल गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू यस विषयको छलफलमा रहेकाले बन्दसत्र सञ्चालनमा समेत केही ढिलाई भइरहेको छ ।

अहिले पनि सर्वसम्मत नेतृत्व चयनबारे अध्यक्ष ओलीले छलफललाई निरन्तरता दिइरहेका छन् ।

शनिबारको बन्द सत्रको हलबाट नेतृत्व चयनका लागि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएपछि उनले पनि सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन छलफललाई घनिभूत बनाएका हुन् ।

प्राप्त जानकारी अनुसार अध्यक्षका उम्मेदवार भीम रावललाई समेत मनाएर नेतृत्व चयन गर्ने तयारीमा रहेका कारण बन्दसत्र केही ढिलाई भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित