शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेको निर्वाचन प्रक्रिया शुरु हुँदै

दैनिक नेपाल २०७८ मंसिर १२ गते ८:२९

सौराह, १२ मंसिर । एमालेको १०औं महाधिवेशन अन्तरगत निर्वाचन प्रक्रिया बिहान आठ बजेबाट सुरु हुँदैछ ।

निर्वाचनको सबै प्रक्रिया बिहान आठ बजेबाट सुरु हुने निर्वाचन आयोग प्रमुख डा.बिजय सुब्बाले जानकारी दिए ।

चितवनको सौराहामा जारी एमालेको १० औँ महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व टुंग्याउने सम्पूर्ण जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ । पार्टी अध्यक्षले नाम प्रस्तुत गरेपछि त्यसलाई हलले अनुमोदन गर्नेछ ।

सर्वसम्मत भएका नेताहरूले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्षको निर्णयमा चित्त नबुझ्नेले उम्मेदवारी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

पार्टीको चलिरहेको बन्दसत्रको कार्यक्रम भने बिहान ११ बजेबाट सुरु हुँदैछ । एमाले महाधिवेशन आज नेतृत्व चयन गर्दै सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित