
चितवन, ११ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने भएको छ ।
नेतृत्व चयनका लागि सबै सहमति भइसकेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सौराहास्थित बन्दशत्र हलभित्र छिर्ने क्रममा पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले सहमती भइसकेको दाबी गरेका हुन् ।
बन्दशत्र हलभित्र प्रवेश गर्नुअघि पत्रकारहरूले सहमतिको प्रयासबारे राखेको जिज्ञासामा ओलीले ‘अँ सबै भइसक्यो’ भन्ने प्रतिक्रिया दिएका छन् । उनको प्रतिक्रियाबाट अब सर्वसम्मतिमै नेतृत्व चयन हुने विश्वास गर्न सकिन्छ ।















प्रतिक्रिया