९ कार्तिक २०८३, सोमबार

एमाले महाधिवेशनमा भाजपाका दुई नेता सहभागी हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट दुई नेता नेपाल आउने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा दुई नेता राष्ट्रिय महाधिवेशनमा सहभागी हुने बताइएको छ । भाजपाको तर्फबाट पूर्वमन्त्री हर्श वर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदी एमालेको महाधिवेशनमा अतिथिका रुपमा आउन लागेका हुन् ।

एमालेको १०औँ महाधिवेशन भोलि शुक्रबार चितवनमा शुरू हुँदैछ ।