मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

एमालेको महाधिवेशन सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

दैनिक नेपाल २०७८ मंसिर ९ गते १३:५३

चितवन, ९ मंसिर । चितवनमा भोलिदेखि शुरू हुने नेकपा एमालेको १०औँ महाधिवेशनको सुरक्षामा १ हजार ५०० जना भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।

एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइने भएको हो । जस अनुसार एआईजी सहकुल थापा, डीआईजी प्रकाश जङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उनीहरू आज नै चितवन आउने बताइएको छ । डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ । महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित