शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमाले बुढाखाडाहरूको गफ गर्ने चौतारीमा परिणत हुन्छ : महेश बस्नेत

दैनिक नेपाल २०७८ मंसिर ९ गते १२:५०

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका प्रभावशाली नेता एवम् दशौं महाधिवेशनका लागि सचिव पदका उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतले नेकपा एमालेलाई बुढाखाडाहरूको गफ गर्ने चौतारीमा परिणत नगर्न नेतृत्वलाई चेतावनी दिएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले पार्टीको दशौं महाधिवेशनबाट सचिव पदमा कम्तीमा ५० प्रतिशत नयाँ पुस्तालाई स्थान दिनुपर्ने माग गर्दै सो कुरा बताएका हुन् । नयाँ पुस्तालाई स्थान नदिइए एमाले पुरातन विचार बोक्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुने उनको भनाइ छ ।

सचिव पदको उम्मेदवारीबाट आफू पछि नहट्ने अठोट गर्दै बस्नेतले भने, ‘सचिव पद पदाधिकारीका लागि प्रस्थान विन्दु हो, प्रस्तानविन्दुमा नयाँ अनुहारलाई रोक्यौं भने कुनै पनि सहमति हुनेवाला छैन । यदि त्यस्तो हर्कत गरियो भने हाम्रो पार्टी पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित