बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

सभामुख सापकोटा स्पेन प्रस्थान

दैनिक नेपाल २०७८ मंसिर ९ गते १२:२९

काठमाडौं, ९ मंसिर । सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन् ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बुधबार बेलुकी स्पेन गएका हुन् ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई छन्।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखको प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी पनि छन् ।

सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित