शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रधानन्यायाधीशविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च गरिँदै

दैनिक नेपाल २०७८ मंसिर ९ गते ११:३१

काठमाडौं, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गरिने भएको छ ।

नेपाल बार एसोसिएशन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले आज संयुक्त मार्चपास गर्न लागेका हुन् ।

नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनीयर्स एसोसिएशन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागेका हुन् ।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट बिहीबार दिउँसो २ बजे शुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित