
काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बिहीबार दिउँसो बस्दै छ ।
फुलकोर्टको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्नेबारे औपचारिक निर्णय गर्ने छ । गएको सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन् ।
बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर गोलाप्रथा लागू हुने मिति तय गर्ने सहमति भएको थियो ।















प्रतिक्रिया