
सोलुखुम्बु, ७ मंसिर । आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली छन् । उनलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि काठमाडौंस्थित बीर अस्पताल रिफर गरिएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया