९ कार्तिक २०८३, सोमबार

एमाले स्थायी कमिटीको बैठक च्यासलमा जारी, पाँच प्रतिशत प्रतिनिधिबारे छलफल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ ।

आगामी १० गतेदेखि चितवनमा शुरू हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारीबारे विशेष छलफल गर्न बैठक बसिरहेको एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि समेत आजको बैठकले मनोनित गर्ने तयारी भइरहेको छ ।

पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । एमालेले १ हजार ९०० भन्दा बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ ।