३ कार्तिक २०८३, मंगलबार

बेलारुसद्वारा इराकी, सिरियाली र यमनीहरूलाई टर्कीबाट आउने प्रतिबन्ध

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A Boeing 737-800 plane of Belarusian state carrier Belavia takes off at the Domodedovo Airport outside Moscow, Russia May 28, 2021. REUTERS/Maxim Shemetov/Files

लण्डन, २७ कात्तिक । बेलारुसको सरकारी एयरलाइन्सले इराकी, सिरियाली र यमनीहरूलाई टर्कीबाट आउने उडानमा प्रतिबन्ध लगाएको छ ।

अंकाराको अनुरोधमा बेलारुसले प्रतिबन्ध लगाएको हो । बेलारुसको पश्चिमी सीमामा पोल्यान्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासी युरोपेली संघ (ईयू)को क्षेत्रभित्र प्रवेश गर्ने आशामा बसिरहेका छन् । बेलारुसमा फसेका आप्रवासीबारे विश्व स्वास्थ्य सङ्गठनले चासो व्यक्त गरेको छ ।

चिसो मौसममा उनीहरूको स्वास्थ्य अवस्थालाई लिएर विश्व स्वास्थ्य सङ्गठनले आप्रवासीको अधिकारको रक्षा गर्न आग्रह गरेको छ । उनीहरूमध्ये धेरैलाई स्वास्थ्य सहायता चाहिएको सङ्गठनका युरोपका निर्देशक हान्स क्लुगेले बताए ।