
काठमाडौँ, ११ कात्तिक । सरकारले चालु संसदको अधिवेशन अन्त्य गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
शुक्रबार रातिदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न लागिएको हो ।
गत भदौ २३ गतेदेखि सुरु संसद बैठकमा पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको थियो । पार्टीले कारवाही गरेका सांसदहरुलाई पदमुक्त नगरको भन्दै एमालेले विरोध गरेको हो ।












प्रतिक्रिया