
सुर्खेत, ११ कात्तिक । कर्णाली प्रदेशको राजनीतिमा जुहारी चलिरहेको बेला प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले राजीनामा दिएका छन् ।
कात्तिक १५ सम्ममा प्रदेशमा नयाँ सरकार बन्ने हल्लाका बीच आएको खनालको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आफूले अन्य नेताहरुको सहजताका लागि राजीनामा दिएको बताए पनि खनालले स्पष्ट भने पारेनन् ।
आज छाडे पनि, भोलि छाडे पनि छाड्नै पर्ने हुनाले अनुकुल समयमा आफूले पद छाडिदिएको उनको भनाइ छ ।
आज छाडे पनि, भोलि छाडे पनि छाड्नै पर्ने हुनाले अनुकुल समयमा आफूले पद छाडिदिएको उनको भनाइ छ ।













प्रतिक्रिया