
काठमाडौँ, १० कात्तिक । बागमती प्रदेशका प्रदेशको मुख्यमन्त्रीका लागि बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्नुपर्ने भएको छ ।
अष्टलक्ष्मी शाक्यले वुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।
शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।
अब वागमतीमा नेकपा एकीकृत समाजवादीका संसदीयल दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ ।













प्रतिक्रिया