
काठमडौँ, १० कात्तिक । बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्यले संविधान विपरीत आफू सत्तामा नसबेको बताएकी छन् ।
राजीनामा घोषणा गरेर प्रदेशसभा बैठकबाट बाहिरिँदै शाक्यले आफू अहिलेसम्म संविधानत सत्तामा रहेको र आज राजीनामा दिएको बताइन् ।
सञ्चारकर्मीसँग उनले भनिन्, ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो । हामीले ३० दिनभित्रै सूचना जारी गरेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएका कारण संविधानअनुरुप नै सत्तामा यतिन्जेल रहेँ ।’
उनले अगाडी भनिन्, ‘सत्ता पक्ष, प्रतिपक्ष एकापसमा मिलेर गएमात्र सुशासन, राजनीतिक स्थिरता कायम गर्न सकिन्छ,’ उनले भनिन्, ‘संस्कारयुक्त राजनीति सिकौँ र त्यस्तै व्यवहार गरौं भनेर राजीनामा दिएको हो ।’












प्रतिक्रिया