१९ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने कानुन व्यवसायीहरुको ठहर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपन कानुन व्यवसायीहरूले निष्कर्ष निकालेका छन् ।

मंगलबार नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकमा कानुन व्यवसायीहरु प्रधानन्यायाधी जबराले राजीनामा दिनुपर्नेमा एक मत वरिष्ठ अधिवक्ता शम्भु थापाले जनाएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरू न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने भन्दै तुरुन्त राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘प्रधानन्यायाधीशले न्याय प्रशासनमा सम्पादन गरेका कुराहरू न्यायसम्मत भएनन्, न्याय प्रशासन उपयुक्त भएनन् भनेर उहाँको कार्य क्षमताको विषयमा हामीले छलफल गरेर निष्कर्ष निकालेर संविधानमा स्वतः आफैँ हट्ने व्यवस्था राजीनामा दिएर जाने छ । अहिलेको प्रधानन्यायाधीश फेरी बसिरहँदा खेरीको अवस्थामा न्याय सम्पादनमा गम्भीर क्षतविक्षत हुने र गम्भीर दिशाबाट न्याय विचलित हुने अवस्थामा सबै कानुन व्यवसायीहरू पुग्नुभएको छ । यसमा कुनै राजनीतिक दलले उठाएको कुरा पनि होइन । उहाँ प्रधानन्यायाधीश नहुञ्जेलसम्म बहस गर्दैनौँ । यो कुरा बुझे हुन्छ । अदालत, न्याय प्रशासन चल्दैन । गतिरोधको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्दछ भन्ने हामीहरूको भएको छ । राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरू पुगेका छौँ । साँठगाँठ भएको तमाम कानुन व्यवसायीलाई लागेको छ ।’

बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पुरा गर्न नसकेको र उनको कार्यकालमा न्यायिक विचलन आएको धारण राखेको बताइएको छ ।