१९ कार्तिक २०८३, बिहिबार

सूर्यविनायकलाई राष्ट्रकै नमुना नगरको रुपमा विकसित गरिनेछः महेश बस्नेत

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । नेकपा एमालेका प्रभावशाली युवा नेता तथा प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायकलाई नमुना नगरको रुपमा विकसित गर्ने बताएका छन् ।

मंगलबार सूर्यविनायक नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशन उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै नेता बस्नेतले सूर्यविनायकलाई राष्ट्रकै नमूना नगरको रुपमा विकसित गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बस्नेतले भक्तपुरमा एमालेलाई आर्थिक क्रान्ति र एकताको नमुना बनाउँदै राष्ट्रकै नमुना एमाले भक्तपुर बनाउने बताए ।

त्यस्तै, नेता बस्नेतले एमालेले गरेका सम्पूर्ण विकासका कुराहरुलाई जनता समक्ष पुर्याउँदै अघि बढ्ने बताए ।

कार्यक्रममा वागमती प्रदेशसभा शशीजंग थापाले अब नवगठित संगठनहरुले फुटेर गएका क्षतिहरुलाई न्युनिकरण गरी पार्टीलाई सुदृढ बनाउने जिम्मेवारी रहेको बताएका छन् ।

त्यस्तै, वागतीका प्रदेशसभा सदस्य राजेन्द्र राजतलाले पार्टी चरित्र बिग्रँदै गएको र यसलाई नयाँ समितिले सुदृढ गर्दै अघि बढ्ने बताएका छन् ।

सम्मेलनमा नगरपालिकाका १० वडाका २९३ जना प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।