१९ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीशले राजीनामा गर्नैपर्ने १५ न्यायाधीशको अडान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ९ कात्तिक । सर्वोच्च अदालतका १५ न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।

मंगलबार प्रधानन्यायाधीश जबरासँगको भेटपछि आन्तरिक छलफलमा उनीहरुले प्रधानन्यायाधीशले राजीनामा विकल्प नरहेको अडान दोहोर्‍याएका हुन् ।

नैतिकताको प्रश्न उठिसकेपछि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने न्यायाधीशहरुको ठहर छ ।

आजको न्यायाधीशहरूसँग करिब ४५ मिनेट छलफलमा जबराले आफूले राजीनामा नदिने प्रष्ट पारेका थिए ।

प्रधानन्यायाधीश जबराले बाहिरबाट दबाब आयो भन्दैमा आफूले राजीनामा नदिने बताएका थिए ।

सर्वोच्चका न्यायाधीशले वुधबार बिहान साढे ११ बजेका लागि अर्को बैठक बोलाएका छन् ।