१९ कार्तिक २०८३, बिहिबार

एमालेको पक्षमा देशव्यापी उत्साह छाएको छ, २०७४ को भन्दा राम्रो परिणाम आउँछः महासचिव पोखरेल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । नेकपा एमाले महासचिव इश्वर पोखरेलले एमालेमा देशव्यापी उत्साह बढेको बताएका छन् ।

महासचिव पोखरेलले एमालेका पक्षमा उत्साह जागेकोले २०७४ को निर्वाचन भन्दा राम्रो परिणाम आउने बताएका छन् ।

नेकपा एमाले टोखा नगरपालिकाको अधिवेशन उदघाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले सबै प्रतिगामी षडयन्त्रलाई चिर्दै एमालेले जनताको हितमा काम गर्ने गरी राम्रो परिणाम ल्याउनु बताए ।

‘पार्टी कामलाई कसरी ब्यवस्थित गर्ने ? लोकतान्त्रिक अभ्याश भनेको सहमतिका साथ नेतृत्व छान्ने पनि हो, हाम्रो समाज इन्द्रेणी जस्तो छ, त्यसैअनुसार पार्टीलाई अघि बढाउनु पर्छ,’ महासचिव पोखरेलले भने, ‘अव आउनेपार्टी कमिटीलेतीन बर्षको योजना बनाउनु पर्छ, जनताको समस्या समाधानका केन्द्रित हुनुपर्छ । एकतावद्ध भएर पार्टी अघि बढदा हाम्रो जीतलाई कसैले रोक्न सक्दैन ।’