
काठमाडौँ, ८ कात्तिक । सरकारले नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
त्यस्तै, बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने पनि निर्णय गरेको प्रवक्ता कार्कीले जनाए ।












प्रतिक्रिया