१९ कार्तिक २०८३, बिहिबार

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा घिमिरे नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ कात्तिक । सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।

सरकारी स्वामित्वको पनुर्बिमा कम्पनीमा घिमिरे चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।

घिमिरेलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि बिमा समितिको अध्यक्षका प्रत्याशी घिमिरे पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक हुन् । बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे बिमा विषयमा राम्रो जानकार भएका व्यक्ति हुन् ।