
काठमाडौँ, ८ कात्तिक । पाँचथरमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्य ४ जना पुगेको छ ।
फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा घाइते भएका ६५ जनामध्ये ४ जनाको मृत्यु भएको हो । त्यस्तै, दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेको थियो ।
मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका– ६ का ७ वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान, उनकै ७ महिने छोरा निश्चल देवान रहेका छन् । मृतकमध्ये अर्का एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटना गम्भीर घाइते भएका ११ जनालाई उपचारका लागि झापा पठाइएको छ । बाँकीको पाँचथरमा उपचार भइरहेको छ ।












प्रतिक्रिया