१९ कार्तिक २०८३, बिहिबार

न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म हुनसक्छ: अध्यक्ष श्रेष्ठ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ७ कात्तिक । नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले न्यायालय सुधार नभए बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।

प्रधानन्यायाधीशले समेत बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताएको उल्लेख गर्दै श्रेष्ठले न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म पनि हुनसक्ने चेतावनी दिए ।

‘प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्छ भनेका छन्’, श्रेष्ठले भने, ‘न्यायालय सुधारको काम नभए पछिल्लो कदम बहिष्कारसम्म पनि हुनसक्छ । तर अहिलेनै त्यसबारेमा केही भनिहाल्न सकिँदैन ।’

छलफलका क्रममा आफूहरुले संस्थाको सुधार गर्न सकिँदैन भने प्रधानन्यायाधीशले र मार्गप्रशस्त गरिदिनुपर्ने कुरा पनि उठाएको बताए ।

उनले भने, ‘हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको न्यायालय सुधारको प्रतिवेदन अनुसार कार्यान्वयन गरियो भने धेरै समस्या समाधान हुन्छ, हामीले त्यही कुराको माग गरेका हौँ ।’