१९ कार्तिक २०८३, बिहिबार

सूर्य थापालगायत नेताहरुको पहलमा एमालेमै फर्किए संविधानसभा सदस्य केसी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । नेकपा एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापालगायत नेताहरुको पहलमा संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएका छन् ।

आइतबार केसीले एक विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालले आफ्नो नाम दुरुपयोग गरेको बताएका छन् ।

केसीले आफू कहिलै पनि पार्टी फुटको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

उनले आफू एमाले विपक्षमा नरहेको र त्यस्ता गतिविधिमा सामेल नभएको उल्लेख गरेका छन् ।

केसी आइतबार नै एमाले पार्टी कार्यलय थापाथली गएर महासचिव ईश्वर पोखरेललगायत नेताहरुसँग तस्वीर पनि खिचाएका छन् ।