१९ कार्तिक २०८३, बिहिबार

बेमौसमी वर्षाका कारण राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब बढीको क्षति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ कात्तिक । बेमौसमी वर्षाबाट आएको बाढी पहिरोले राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब बढीको क्षती पुगेको छ ।

कात्तिक १ गते यता मात्रै राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जनाएका छन् ।

महानिर्देशक थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण पेश गर्दै बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको जनाएका हुन् ।