१९ कार्तिक २०८३, बिहिबार

रुपन्देहीमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ७ कात्तिक । रुपन्देहीमा एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किएका थिए ।

एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् । उनलाई उपाचारपछि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।