१९ कार्तिक २०८३, बिहिबार

पाँचथरमा पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, ४ जना बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । पाँचथरमा अविरल वर्षाले गर्दा आएको बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परि ३० जनाको मृत्यु भएको छ । त्यस्तै, घटनामा ४ जना अmभै बेपत्ता भएका छन् भने १० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार सार्वजनिक गरेको विवरण अनुसार गत वैशाख १ गतेदेखि कार्तिक ६ गतेसम्म बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका २ हजार ९० वटा घटनामा ३ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

८० जना बेपत्ता अवस्थामा छन् भने १२ सय ८४ जना घाइते भएका छन् । सो प्रकोपबाट ३ हजार ४ सय ४३ परिवार प्रभावित भएका छन् । उक्त प्रकोपबाट झन्डै १ अर्ब ९ करोड २५ लाख २१ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।