१९ कार्तिक २०८३, बिहिबार

एमालेबाहेक नेपालमा कुनै कम्युनिष्ट पार्टी छैनः नेता भट्टराई

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता निर्मल भट्टराईले नेपालमा एमालेबाहेक नेपालमा कुनै कम्युनिष्ट पार्टी नरहेको बताएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ५ को नेकपा(एमाले) प्रथम अधिवेशनको उद्घाटन समारोहमा सो कुरा बताएका हुन् ।

“प्रचण्ड र माधवका समूह दक्षिणपन्थी शक्तिका सेवक हुन्, कम्युनिष्ट होइनन्“ उनको भनाइ थियो ।

एमाले जिल्ला कमिटि सदस्य तथा ५ नं वडाध्यक्ष राजकुमार जोशीले एमालेले वडा र जिल्लाको विकास निर्माणमा कायापलट गरेको बताए ।

जिल्ला सदस्यहरू राम थापा, अशोक ढुङ्गेल, दिपक विसुन्के, कमल तिमल्सिना, भागिरथा सिटौला, मनोज थापा, मन्जु खतिवडाले शुभकामना मन्तव्य व्यक्त गरेको सो अधिवेशनले मधु थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचन गरेको छ । उपाध्यक्ष सुनिल कसपाल, सचिव ईन्दिरा उपाध्याय, उप–सचिवद्वय दिपेश विसुन्के र गोविन्दकुमार वस्ती निर्वाचित भएका छन् ।

सदस्यहरुमा कान्छा त्वयना, लिलाबहादुर थापा, भिमबहादुर भुजु, सत्यदेवि तिमल्सिना, मंगल गुमान्जु, रत्ना थापा, कल्पना सापकोटा, मधुकर बखुन्छे, बिदुर श्रेष्ठ, भूपाल आचार्य, तारा दाहाल, सुरेश अच्छामी, थिरबहादुर कार्की, रत्नबहादुर थापा, लक्ष्मण ढुङ्गेल, सम्झना अच्छामी, सरिता थापा, उमा थपलिया, राजकुमार मङ्ग्रान्ती, अप्सरा थापा, सुमन राउत, मायादेवि चवाल, अनिल तज, मिठ्ठुदेवी ढुङ्गेल, कल्पना ढुङ्गेल, कविता पोख्रेललगायत निर्वाचित भएका छन् ।

संयोजक कविता लुईंटेल र सदस्यद्वय चिरन्जिवी खतिवडा र कुस्माकर सापकोटा सम्मिलित निर्वाचन समितिले निर्वाचन गराएको थियो ।