आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मैत्रीपूर्ण फुटबलमा इण्डोनेसियासँग नेपाल पराजित

दैनिक नेपाल २०७८ कार्तिक ६ गते ८:५५

काठमाडौं, ६ कात्तिक । नेपाली २३ वर्षमुनिको फुटबल टोली मैत्रीपूर्ण फुटबलमा इन्डोनेसियासँग दुई–शून्यले पराजित भएको छ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज शुक्रवार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको २३ वर्षमुनिको टोलीसँग हार बेहोरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमा गोल खायो । ५५ औँ मिनेटमा इन्डोनेसियाले गोल गर्यो । त्यस्तै खेलको इन्जुरी समयमा इन्डोनेसियाले थप एक गोल गरे ।

२३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल समूह ुबीु मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमवार खेल्दैछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार खेल्ने छ भने अन्तिम खेलमा लेबनानसँग आउँदो १४ गते खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित